मेरो बारेमा

avatar

लक्ष्मण शिवाकोटी

विचारक, प्रश्नकर्ता अनि जिज्ञासु

मार्गदर्शक बन्ने चाहना राखेको मान्छे जुन कुरा मेरो जीवनको बुझाइ, भोगाइ र अनुभवमार्फत पूरा गर्न चाहन्छु। म मेरो सोच, बुझाइ र अनुभवबाट जीवनलाई कसरी सरल तरिकाले बाँच्न सकिन्छ भन्ने कुरा सबैसमक्ष बाँड्न चाहन्छु।

जीवनले हरेक दिन केही नयाँ कुरा सिकाउँछ। कहिले मीठा क्षणहरू त कहिले कठिन चुनौतीहरू। यी सबै तिता-मीठा अनुभवहरूले हामीलाई जीवन बाँच्न दिशा दिन्छन। अनि मलाई लाग्छ, ती सिकाइहरूलाई बाँड्दा अरूलाई पनि आफ्नो जीवन बाँच्ने बाटो भेट्न सजिलो हुन्छ।

मेरा लेखहरूमा तपाईंले कहिले गहिरो विचार, कहिले अनुभूति, कहिले चुनौती, र कहिले नयाँ सम्भावना भेट्नुहुनेछ। ती सबै शब्दहरू मेरो आफ्नै जीवन यात्राका अंशहरू हुन जसको लक्ष्य तपाईंलाई जीवनप्रति नयाँ दृष्टिकोण दिलाउनु हो।

मलाई विश्वास छ कि मेरो प्रत्येक विचारले परिवर्तन ल्याउन सक्छ, प्रत्येक शब्दले मन छुने शक्ति राख्छ, र प्रत्येक अनुभवले उज्यालो देखाउन सक्छ। यही विश्वासले मलाई लेख्न, अरूसँग बाँड्न र अरूलाई मार्गदर्शन गर्न प्रेरित गर्छ।

यदि तपाईं जीवनको यात्रामा कहिले अलिक भ्रमित महसुस गर्नुहुन्छ वा नयाँ दृष्टिकोण खोज्दै हुनुहुन्छ भने, यहाँका लेखेका मेरा शब्दहरूले तपाईंलाई नयाँ बाटो देखाउन सक्छन भन्नेमा मलाई विश्वास छ। मेरो उद्देश्य केवल उत्तर दिनु मात्र होइन, तपाईंभित्र लुकेको सम्भावना जगाउनु पनि हो, साथै तपाईंको जीवनबाट सिक्न पनि हो।